प्रधानन्यायाधीश राणाले मुद्दा हेर्न थाले, ३ मुद्दामा आदेश जारी

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ५५


काठमाडौं। पछिल्लो समय विवादको केन्द्रमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा हेर्न थालेका छन्।

उनको एकल इजलासबाट आज ३ वटा मुद्दामा आदेश जारी भएको छ।

अन्य न्यायाधीशहरू भने तोकिएका इजलासमा गएनन्। आज १६ न्यायाधीशका ११ वटा इजलास गठन भएका थिए। प्रधानन्यायाधीश राणा भने आफ्नो इजलासमा उपस्थित भएर मुद्धा हेरेका छन्।

प्रधानन्यायाधीश राणामाथि सर्वोच्च अदालतकै अन्य न्यायाधिसले राजीनामा दिन दबाब दिएका छन। नेपाल बार एशोसिएसनले पनि राणाले पदबाट राजीनामा नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। तर, राणाले भने आफू कसैको ‘दबाब र प्रभाव’मा राजीनामा नदिने बरु संसदमा महाअभियोगको सामना गर्न तयार रहेको स्पष्ट पारिसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस्