प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्याण्ड जाँदै

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ०१


प्रधानमन्त्री शेरबहादुर देउवा सहितको नेपाली प्रतिनिधिमण्डल यहि शुक्रबार स्कटल्याण्ड भ्रमणमा निस्कने भएको छ।

राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ मा भाग लिन प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनको अवसरमा कात्तिक १४ र १५ गते (नोभेम्बर १ र २)मा देउवाले वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान कतार एयरवेजको उडानबाट स्कटल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

अक्टोबर ३१ देखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा कोप-२६ सम्मेलन चल्नेछ।

सम्मेलनमा भाग लिएपछि देउवासहितको नेपाली प्रतिनिधिमण्डल कात्तिक १८ गते कतार एयरवेजकै उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

साता लामो भ्रमणमा देउवाले नेपालका तर्फबाट जलवायुका मुद्दाहरुलाई सम्मेलनमा प्रस्तुत गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्