‘डान्स च्याम्पियनसिप’को निर्णायकमा निरुता सिंह

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ४९


काठमाडौं। लामो समय देशबाहिर रहेर हालै नेपाल फर्किएकी अभिनेत्री निरुता सिंह रियालिटी शो को निर्णायकको रुपमा देखिने भएकी छन।

एक हप्ता अघि नेपाल फर्किएकी अभिनेत्री सिंह कान्तिपुर टेलिभिजन मार्फत यहित कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्पियनसिप’मा निर्णायकको भूमिकामा देखिन लागेकी हुन।

निरुतासँगै अन्य निर्णायकमा जगत रावल र आश्मा विश्वकर्मा रहनेछन्।

इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्म्सले प्रस्तुत गर्न लागेको सो कार्यक्रम ३४ भागमा रहने जानकारी दिइएको छ।

 


प्रतिक्रिया दिनुहोस्