राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छः भीम रावल

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : १४


पछिल्लो समय प्रधानन्यायाधिस चालेन्द्रशमशेर जबरा विवादको घेरामा छन। राणाले पदबाट राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले र जबरासम्बन्धी विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

आफ्ना क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि प्रधानन्यायाधीश जबराले नैतिकताको बोध गर्नुपर्ने नेता रावलको सुझाव छ।

‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्रन्याको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ,’ एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ।’


प्रतिक्रिया दिनुहोस्