समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ०६


बुटवल। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन्।

मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन्।

उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए।

छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन्। ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन्।


प्रतिक्रिया दिनुहोस्