दोहामा चिनियाँ र तालिबान प्रतिनिधिबीच भेटवार्ता, चीनले दोहोर्यायो मद्दत गर्ने प्रतिवद्धता

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : १७


तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक चिनियाँ र तालिबानका प्रतिनिधिबीच भेटवार्ता भएको छ।

कतारको राजधानी दोहामा तालिबानका प्रतिनिधिमण्डल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको हो। यीले यसअघि उपप्रधानमन्त्री मुल्ला गनी बरादर पनि भेटेका थिए।

सोमबारको पहिलो उच्चस्तरीय भेटवार्तामा यीले भनेका छन्,‘अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग तर्कसंगत र व्यावहारिक रूपमा काम गर्नुपर्छ।’

सो क्रममा उनले अफगानिस्तान पुनः निर्माण गर्न मद्दत गर्ने प्रतिवद्धता पनि दोहोर्याए। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि ट्वीट गर्दै अफगानिस्तान र चीनबीच महत्त्वपूर्ण राजनीतिक, आर्थिक र अन्य मुद्दाहरूमा वार्ता भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्