पाकिस्तानमा एकै आमाबाट जन्मिएका ७ बच्चामध्ये ६ को मृत्यु!

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : १३


पाकिस्तानको ऐबटाबाद शहरमा हालै एक महिलाले एकैपटक ७ वटा बच्चालाई जन्म दिएकी थिइन्।

गतहप्ता जिन्ना इन्टरनेसनल हस्पिटलमा ती महिलाले ७ बच्चालाई जन्म दिएकी थिइन्।

तर यतिबेला ७ मध्ये ६ बच्चाको मृत्यु भएको छ। अर्का एक शिशुलाई पनि भेन्टिलेटरमा राखिएको बीबीसीले जनाएको छ।

यसअघि बच्चा जन्मिएको २४ घण्टा भित्र पाँच बच्चाको सोही अस्पतालमा मृत्यु भएको थियो। अर्का एक बच्चाको पनि हालै अयूब टिचिङ हस्पिटलको चिल्ड्रेन्स नर्सरीमा मृत्यु भएको बताइएको छ।

बच्चाका पिता कारी यार मोहम्मदका अनुसार जन्मिएको २४ घण्टा भित्र पाँच बच्चाको मृत्यु भइसकेको थियो। मोहम्मद श्रीमतीसँग बटग्राम जिल्लामा बसोबास गर्दछन्।

यसअघि उनीहरुबाट दुई छोरीको जन्म भएको थियो। एकैपटक ७ बच्चा जन्मिदा पनि उनीहरु खुशी थिए। तर यतिबेला उनीहरुको नवजात एक सन्तान मात्र जीवित छन्।


प्रतिक्रिया दिनुहोस्