नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन खुल्ला

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : १५


काठमाडौं। यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ।

विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन्।

विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्