पाल्पाको एमसीसी कार्यालय हटाउन विप्लव नेकपाको दबाब

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ००


अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको एमसीएको हेटौंडास्थित कार्यालय हटाउन माग गर्दै विप्लव नेतृत्वको नेकपाको नेतृत्वमा १५ वटा संस्थाले ज्ञापन पत्र बुझाएका छन्।

सोमबार हेटौंडास्थित एमसीएको कार्यालयका प्रतिनिधिलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो।

सरकारबाट वैधानिकता नै नपाएको विवादित विषय एमसीसीले हेटौंडामा आफ्नो कार्यालय खोलेर विगतदेखि नै विभिन्न गतिविधि संचालन गर्नु आफैमा गैरकानुनी भएकाले कार्यालय हटाउन पत्र बुझाएको नेकपाका केन्द्रीय सदस्य इन्द्र बहादुर परियारले बताए।

यस्तै, विप्लव नेतृत्वको नेकपाले एसीसी परियोजना अन्तर्गत निर्माण भएको पाल्पाको एमसिएको कार्यलय हटाउन दवाब दिएको छ।

पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेकपा निकट मगर मुक्ति मोर्चा,नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यलयका शाखा प्रमुख संगिता नेपाललाई भेटी कार्यलय हट्न माग गरिएको पत्र बुझाएको हो।


प्रतिक्रिया दिनुहोस्