एमालेले भन्यो- सर्वोच्चमा देखा परेको समस्या अपवित्र गठबन्धनको परिणाम

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : ४०


काठमाडौं। नेकपा एमालेले सर्वोच्च अदालतमा देखा परेको गुटबन्दी, विग्रह र चरम अराजकताको कारक असार २८ को परमादेश नै रहेको टिप्पणी गरेको छ।

प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक रुपमा आफ्नो वक्तव्यमार्फत एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य अदालतका विकृति अन्त्य गर्ने नभएर झनै संस्थागत गर्ने र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नुमात्र रहेको बताएका छन्।

ज्ञवालीले भनेका छन्, ‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्‍यो। निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने । यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’


प्रतिक्रिया दिनुहोस्