परिचयपत्र नभएकालाई भाडामा बस्न नदिन गृहको अनुरोध

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ३१


काठमाडौं। गृह मन्त्रालयले परिचय पत्र हेरेर मात्र घर भाडामा बस्न दिन घरबेटीहरुलाई आग्रह गरेको छ छ।

गृहले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपमा नेपालमा बसोबास गरिरहेको भन्दै परिचयपत्र नभएका व्यक्तिहरूलाई भाडामा नदिन अनुरोध गरेको हो।

‘पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ’,मन्त्रालयले भनेको छ,’पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ।’


प्रतिक्रिया दिनुहोस्