उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ५७


उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सोमबार बिहान साढे तीन बजे ५३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट गाँजा बोकेर हिँडिरहेका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुङछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन्।

उनलाई तीन बोरामा ५३ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्