उदयपुरमा ६ वर्षीया बालिका करणी गरेको अभियोगमा युवक पक्राउ

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ४३


उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन्।

रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्