रोनाल्डोबाट घृणित कार्य, खेल हार्दा विपक्षीलाई लात्ताले यसरी हिर्काए (भिडिओ)

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ०८


आइतबार राति इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० ले पराजित भयो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेल सुरु भएको १४ मिनेटभित्र क्रिस्टियानो रोनाल्डो आवद्ध युनाइटेडले लगालग दुई गोल खाइसकेको थियो।

लिभरपुलको पेलाइमा युनाइटेडलाई डिफेन्स गर्न हम्मेहम्मे परिरहेको थियो। ५, १३ र ३८ मिनेटमा गरी युनाइटेडको पोस्टमा लिभरपुलले तीन गोल गरिसकेको थियो।

यसबीचमा पहिलो हाफ हुनेबेला निकै नराम्रो दृश्य हामीले देख्यौं। विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विपक्षी लिभरपुलका खेलाडीलाई जानाजान फल गरे। लात्तीले हिर्काए। रोनाल्डोले दाहिने खुट्टाले छिर्के लगाएर कर्टिसलाई लडाएका थिए।

त्यसपछि अप्रत्यासित रुपमा रोनाल्डोले लडेका कर्टिसलाई लगालग दुई किक हानेका थिए। रेफ्री एन्टोनी टायलरले त्यो किकका लागि रोनाल्डोलाई पहेँलो कार्ड देखाएका थिए।

यसबीचमा रोनाल्डोजस्तो खेलाडीले खेल हार्दा त्यसरी विपक्षीलाई फल गर्नु र लात्तीले हिर्काउनु व्यवसायिक खेलाडीको धर्म नभएको भनेर उनको आलोचना भइरहेको छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्