एएफसी यू–२३ एसियन कपः पहिलो हाफमा नेपाल–इरान बराबर

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ४७


काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ।

ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ।

पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो।

नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी दिएका थिए। प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्ने जिम्मा दिएका छन्।

यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेका छन्। मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन्।

यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले छन्।


प्रतिक्रिया दिनुहोस्