प्रकृतिको क्रुर वास्तविकता झल्काउने यो तस्विर

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ५०


लुसाका । एउटा बयस्क चितुवाले बाँदरको टाउको निल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खुवाउँछिन भनेर मृत शरिरमा झुन्डिएको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दुर्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।

सो ह्दयविदारक क्षणलाई वन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कैद गरेका थिए । चितुवाले सुरुमा आमालाई झम्टिएपछि बच्चा पनि सँगै झुन्डिएको थियो । आमालाई खाएपछि चितुवाले बच्चालाई पनि मारेको थियो ।

‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रुर वास्तविकता देखाउछ,’ सो दुर्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँच्नका लागि जनावरहरु अरुका लागि मर्नु पर्छ ।’


प्रतिक्रिया दिनुहोस्