‘एक्स–९’ मा सुनील सेठ्ठीले खेल्ने पक्का, दिए १२ दिन

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : २८


काठमाडौं । ‘एक्स–९’ फिल्ममा भारतीय अभिनेता सुनील सेठ्ठीले अभिनय गर्ने पक्का भएको निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन् । मल्टिस्टारर एक्सन फिल्मको रूपमा प्रचार गरिएको यो फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।

भारतीय अभिनेता सुनील ‘एक्स–९’ मा खलअभिनयमा देखापर्ने बताइएको छ । निर्देशक मुकुन्दलगायतको टिमले केही साताअघि मुम्बई पुगेर सुनीललाई भेटेको थियो । उनले यस फिल्मका लागि जम्मा १२ दिन समय दिने र त्यस अवधिमा उनको भागमा पर्ने सुटिङ सकाइने बताइएको छ ।

१२ दिनमध्ये सुनीलका दृश्य ६ दिन काठमाडौ र बाँकी ६ दिन स्कटल्यान्डमा खिचिने बताइएको छ । फिल्ममा को अभिनेत्री हुनेछिन् ? त्यो भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । निर्देशक मुकुन्दले यसअघि ‘वार’, ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन–२’ फिल्म निर्देशन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्