एसपीसँग बसेर जुवा खेल्ने सर्लाहीका सिडिओ फेरिए

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : २८


काठमाडौं। दशैं तिहार नजिकिँदै गर्दा जुवातास खेल्ने खेलाउने पक्राउ परेका खबर आइरहन्छन।

जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरी कर्मचारीहरुले चाडवाडको बेला त्यस्ता कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्दै आएका छन।

यसपटक सर्लाहीमा सरकारका उच्च पदस्थ कर्मचारीहरु नै जुवाखालमा रहेको भिडियो सार्वजनिक भयो। जुवातास खेल्नेलाई नियन्त्रणमा लिने निकायका प्रमुख सिडिओ र एपसी नै जुवाखालमा भेटिएका हुन।

जुवाखालमा भेटिएको भिडियो भाइरल भएपछि उनीहरुको आलोचना भइरहेको छ। नेपाल प्रहरीको मुख्यालयले एसपी सन्तोषसिंह राठौरलाई हेडक्वार्टर बोलाइसकेको छ।

यसैबीच, गृहमन्त्रालयले जुवाकाण्डमा मुछिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी हेरफेर गरेको छ।

गृहले त्यहाँका सीडीओ रामकुमार महतोलाई मन्त्रालयमा तानेर उनको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्