काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सकडमा भ्वाङ परेको छ। हालैका बर्षमा निर्माण सम्पन्न भएको अन्तराष्ट्रिय स्तरको सो सडकखण्डमा ठुलो भ्वाङ परेको हो
बानेश्वर र कोटेश्वरको बीचमा पर्ने सो सडक खण्डको बायाँ भागमा भासिएको हो
सडकमा भ्वाङ परेपछि अहिले ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ। अहिले एकतर्फी सवारी चलाउन दिइएको छ।
ढल फुटेर भ्वाङ भएको हो अथवा कुनै अपराधिक गतिविधिको लागि सडक खनिएको हो भन्नेबारे कुनै अनुसन्धान भएको छैन ।