इन्टर र युभेन्ट्सबीचको खेल बराबरीमा रोकियो

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ३६


युभेन्ट्स र इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

घरेलु टोलीले इन्टरले खेलको १७औँ मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । खेलको अन्तिम समयमा डिबलाले गोल गर्दै युभेन्ट्सको हार टारे ।

यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौँ स्थानमा छ ।

आइतबार राति भएको खेलमा एटलान्टा र उडिनेसले १-१ को बराबरी खेल्दा फियोरेन्टिनाविरुद्ध क्याग्लिएरी ३(०को जित पायो । यस्तै हेलास भेरोनाविरुद्ध लाजियो ४–१ ले विजयी रहँदा ० रोमा र नेपोलीले गोल रहित बराबरी खेले ।

सिरी ए मा ९ खेलबाट २५ अंकसहित नापोली शीर्ष स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस्