फ्रेन्च लिगा वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको ५७औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो। विपक्षी खेलाडीलाई फल गरेपछी रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाएका थिए।
यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्ष स्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा छ।