मौसम पूर्वानुमानः आज कहाँ-कहाँ पर्छ पानी?

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ०८


काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जसकारण आज सोमबार दिउँसो देशभर बदली रहनेछ।

प्रदेश १, २, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

सोमबार राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ , बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ। देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्