सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोना फुटबल क्लब रियल मड्रिडसँग २–१ ले पराजित भएको छ।
बार्सा घरेलु मैदानमै स्तब्ध बनेको हो। मड्रिडको जितमा खेलको ३२ औं मिनेटमा डेभिड अलाबाले गोल गरे भने खेलको अतिरिक्त समयमा लुकास भास्कसले दोस्रो गोल थपे।
बार्साले पनि खेलको अतिरिक्त समयमा एक गोल फर्कायो। सर्जियो अग्वेरोले डेब्यु गोल गरेका हुन्।
यस जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। मड्रिडको ९ खेलबाट २० अंक भएको छ।
बार्सा भने समान खेलबाट १५ अंकसहित लिगको आठौं स्थानमा छ।