टि २० क्रिकेट विश्वकप: भारतद्वारा पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ३९


टि २० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीच जारी खेलमा भारतले पाकिस्तान सामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेको पाकिस्तानले फिल्डिङ रोजेको थियो। निर्धारित ओभरमा भारतले ७ विकेटको क्षतिमा १५१ रन बनाएको हो।

केहीबेरमा पाकिस्तानले जवाफी व्याटिङ गर्नेछ।

दुबईमा जारी खेलमा भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।

सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए।

हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १(१ विकेट हात पारे।


प्रतिक्रिया दिनुहोस्