यदी कुनै सपिङ सेन्टरमा सपिङ गर्दै हुनुहुन्छ र कसैले बन्दुक तेर्स्याएर लुट्न खोजे तपाइँ के गर्नुहुन्छ?
सायद होस्–हवास् उड्छ होला र ज्यान जोगाउन भएको सबै चिज लुटेरलाई दिनुहुन्छ या त्यस्तै गर्नुहुन्छ होला।
तर अमेरिकाको एउटा सुपरमार्केटमा बन्दुक देखाएर लुट्न खोज्ने एक व्यक्तिले भने राम–धुलाई भेटेका छन्।
भिडिओमा देखिएअनुसार दुई व्यक्तिले बन्दुक देखाएर एक जना लुट्न खोज्छन्। तर उनीहरुले जसलाई बन्दुक देखाउँछन् ती व्यक्ति पूर्व अमेरिकी सेना हुन्छन्।
(भिडिओ)
पूर्व सेनाले नडराई लुटेर समूहलाई मुक्का हान्न थाल्छन्। एक व्यक्ति भागेता पनि अर्का व्यक्तिले पूर्व सेनाबाट नराम्ररी गोदाई भेट्छन्।
यो घटना एरिजोना राज्यको हो। भिडिओबाट हामी के थाहा पाउन सक्छौं भने नराम्रो काम गर्नेको फलिफाप हुँदैन।