डोल्पाको भेत्तिमा जिप दुर्घटना, ९ जना घाइते

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : १३


जाजरकोट। डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका–३ सुँपानीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा मकवानपुरको हेटौंडा नगरपालिका(९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय अशोक सारुमगर, ११ बस्ने २२ वर्षीय बुद्धवीर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ, ३८ वर्षीय रमेश गौतम, १० बस्ने ३६ वर्षीय सुशील राज गिरी, ९ बस्ने ३१ वर्षीय जीवन शर्मा, ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका–९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन्।

भे१ज ९७५ नम्बरको बोलेरो जिप ठूलीभेरीनपा–९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

घाइते मध्ये विष्णु श्रेष्ठ, अशोक सारुमगर र बुद्धवीर लामाको हात, मुख तथा खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस्