अमेरिकाले अनुदानमा दिएको फाइजरको एकलाख डोज खोप नेपाल आउँदै

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : २५


संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, काठमाडौंस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ।

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।


प्रतिक्रिया दिनुहोस्