१९ वर्षीया चौधरी बनिन् एमालेको वडा सचिव

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ४२


काठमाडौं । रुपन्देहीमा १९ वर्षीया झरना चौधरी नेकपा एमालेको वडा सचिव बनेकी छन।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा चौधरी वडासचिवमा सर्वसम्मत रुपमा चयन भएको सो पार्टीले जानकारी दिएको छ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराइले बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो।

लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष भएका छन्।


प्रतिक्रिया दिनुहोस्