सिडिओसँग बसेर जुवा खेल्ने एसपी हेडक्वार्टर तानिए

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ४६


सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीको काज सरुवा भएको छ।

प्रहरी हेडक्वार्टरले सर्लाहीमा कार्यरत एसपी सन्तोषसिंह राठौरको काज सरुवा गर्दै प्रहरी प्रधान कार्यालय तानेको छ।

उनको स्थानमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाहीको जिम्मेवारी दिइएको छ।

यस्तै धनुषाका एसपी प्रकाश रानाभाट पनि हेडक्वार्टर तानिएका छन। उनीमाथि लागूऔषध मुद्धामा पक्राउ परेका आरोपीहरुको मिसिल कमजोर बनाएको आरोप छ।

 


प्रतिक्रिया दिनुहोस्