बार्यनको रवाफिलो जित

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : २९


जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले होफेनहेइममाथि सहज जित हासिल गरेको छ। शनिबार राति भएको खेलमा बायर्नले होफेनहेइमविरुद्ध ४-० को जित निकालेको हो।

बायर्नको जितमा रोबर्टो लेवाण्डोस्कीसँगै सेर्जी जिनाब्री, इरिक म्याक्सिम र किङस्ले कोम्यानले समान १-१ गोल गरे।

शनिवार नै भएको खेलमा बोरुसिया डर्टमण्डले नवप्रवेशी अर्मेनिया बेलेफिल्डमाथि ३-१ को जित हासिल गरेको छ। यस्तै अन्य खेलमा आरबी लाइपजिगले ग्रुथर फोर्थमाथि ४-१ र फ्रेइबर्गले उल्फसबर्गलाई २-० ले पराजित गर्‍यो।


प्रतिक्रिया दिनुहोस्