धादिङमा ‘वाइरिङ सर्ट’ भएर यात्रुवाहक बसमा आगलागी

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ११


काठमाडौं आउँदै गरेको बसमा धादिङ आइपुग्दा एक्कासी आगलागि भएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीबजारमा आइतबार बिहान करिब २ बजेतिर गुडिरहेको यात्रुवाहक बसमा अचानक आगो लागेको छ।

प्रहरीका अनुसार ना ६ ख १४७१ नम्बरको सो बस ३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाडौं आउँदै थियो।

बसमा एक्कासि आगो सल्किएको हो। यात्रुहरु सुरक्षित छन् भने सामान भने जलेर नष्ट भएको छ।

बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ। बसमा आगो लाग्नुको यकिन नभए पनि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

ईन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ । स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए।


प्रतिक्रिया दिनुहोस्