मौसम पूर्वानुमानः आज कहाँ कहाँ हुन्छ वर्षा? पहाडी भेगमा हिमपातको सम्भावना

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४१


देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्