अमेरिकामा विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, ७ जना घाइते

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ३३


अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ।

शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन्।

घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको छ । गोली कान्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।


प्रतिक्रिया दिनुहोस्