इंग्लिस प्रिमियर लिग: ब्राइटनमाथि सिटीको सहज जित

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : २५


फिल फोडेनको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा भ्रमण टोली सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा फोडेनको दुईसहित इल्के गुन्डोगान र रियाद महरेजले एकरएक गोल थपे। ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए।

जितसँगै सिटीले ९ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

गएरातिको खेलमा ब्राइटनले एभर्टनलाई ५-२ ले हराउँदा क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेड तथा लिड्स युनाइटेड र उल्भ्सले १-१ गोलको बराबरी खेले। यस्तै साउथह्याम्पटन र बर्नलीले २-२ गोलको बराबरी खेले।


प्रतिक्रिया दिनुहोस्