चीन भन्छः नेपालमा हस्तक्षेप गर्ने हाम्रो उद्देश्य छैन

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : २२


बेइजिङ। चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र विकास मोडेललाई निर्यात गर्ने आफ्नो नियत नरहेको स्पष्ट पारेको छ।

उसले नेपालसँग अनुभव साझा गर्ने र बलियो सम्बन्ध आदानप्रदान गर्ने उद्देश्य रहेको बताएको छ। नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगको बिदाइ भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले यी कुरा बताएको सीजीटीएनले जनाएको छ।

विदेशमन्त्री यीले दुई मुलुकबीचको सम्बन्ध बलियो तुल्याउन राजदूत पाण्डेले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

स्वदेश फर्कनुअघि राजदूत पाण्डेले विदेशमन्त्री यीलाई भेटेका थिए। राजदूत पाण्डेको सकारात्मक भूमिका रहेको बताउँदै यीले निकट रहेर काम गर्ने चीन र नेपालको परम्परागत मित्रताको चर्चा उनले गरेका थिए।

द्धिपक्षीय सम्बन्ध बलियो तुल्याउन तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धि हासिल गर्न चीनले नेपालको साथ चाहेको समेत विदेशमन्त्री यीले बताएका थिए।


प्रतिक्रिया दिनुहोस्