नेपालमा आज थपिए ५१३ कोरोना संक्रमित, ८ को मृत्यु

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ५ : ३७


नेपालमा गएको २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षणमा ४३८ र एक हजार ९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनामुक्त हुनेको संख्या ८१७ रहेको छ। त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको पनि जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्