सुर्खेतको सामुदायिक वनमा बम पड्किँदा दिदी–भाइ घाइते

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : ५९


सुर्खेतको सामुदायिक वनमा शनिबार एउटा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्।

वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी–भाइ बम विस्फोट हुँदा घाइते भएको प्रहरीले बताएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका–६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका छन्।

उनीहरू हाल सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।

उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।

बम पुरानो भएको र बेवारिसे अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्