अमेरिकी सेनाको ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : ३४


अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमला गर्दा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल–मातार ड्रोन हमलामा मारिएको बताएका छन्।

रिग्सबीले भने,‘अल–मातारको मृत्युले अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, अल–कायदाको वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्याउनेछ।’

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछि भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन्।


प्रतिक्रिया दिनुहोस्