महोत्तरी। बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ।
जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ। बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।
संघ र प्रदेश सरकारले नोक्सान व्यहोरेका किसानलाई राहत प्याकेज घोषणा गरेपनि अहिलेसम्म महोत्तरीका किसानले राहत दिएको छैन।
‘कस्ता किसानलाई कसरी राहत प्रदान गर्ने भन्ने विषयमा हामी अझै अलमलमा छौँ, स्थानीय तहसग छलफल भइरहेको छ’, कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले भने। मोडालिटी तयार गरेर किसानहरुलाइ राहत वितरण गर्ने तयारी गरिरहेको उनको भनाइ छ।
विशाल बस्नेत/ न्युजकारखाना