समयमै अस्पताल पुर्याउन नसक्दा गर्भवती महिलाको मृत्यु

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : २४


बैतडी । बैतडीमको डिलासैनीमा समयमै अस्पताल पुर्याउन नसक्दा गर्भवती महिलाको मृत्यु भएको छ।

डीलाशैनी गाउँपालिका ६ थलाल गाउँकी २१ वर्षिया पूजा थलालको मृत्यु भएको प्रहरीले जनाएको छ।

डीलाशैनी गाउँपालिका स्वास्थ्य सँयोजक पुरुषोत्तम नाथका अनुसार बेथा लागेकी पूजालाई कात्तिक १ गते गोकुलेश्वर अस्पताल पुर्याएको थियो।

सुत्केरी गराउन गोकुलेश्वर अस्पताल ल्याइएकी पूजाको स्वास्थ्यमा एक्कासि थप समस्या देखिएपछि सोहिदिन राती ११ बजे डडेल्धुरा रेफर गरिएको र अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा समयमै अस्पताल पुर्याउन नसककेर उनको बाटोमै मृत्यु भएको स्वास्थ्य सँयोजक नाथले बताए।

दशरथचन्द राजमार्गको अनराखोलिमा पहिराका कारण सडक अवरुद्ध भएपछि समयमै पूजालाई अस्पताल पुर्याउन नसकिएको पारिवारिक स्रोतको भनाई छ।

पहिलो सन्तानलाई जन्मदिन लागेकी पूजा समयमै अस्पताल पुग्न नपाउँदा बाटोमै अस्ताएकी हुन्।

उमेरै नपुगि हुने बिवाहहरुले पनि अहिले किशोरीहरु अकालमै ज्यान गुमाउन बाध्य छिन्।-रेडियो बैतडी


प्रतिक्रिया दिनुहोस्