‘कोटमार्सलदेखि फिल्मसम्म’ सुशील

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ४८


काठमाडौं। फिल्म ‘होस्टेल रिटन्सुमार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केलेु, ‘गाँजा-बाजाु, ‘रणवीरु फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले ‘होस्टल रिटन्सुबाटै चिन्छन्।

तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन्। धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो। ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन,’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने, ‘म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे।’ त्यहाँ उनी पढेर स्वदेश फर्किए।

उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए। ‘उक्त नाटकपछि केहि आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे,’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने, ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे।’ सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए । तर, त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नाबनेता पनि उनले अवसर पाए।

डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन्। ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,’ सुशील भन्छन्, ‘कमेडी गरे र रणवीर एक्सन पनि गरे।’

उनले अभिनय गरेको फिल्ममा ठूलो बजेटको फिल्म ‘रणवीर’नै थियो । फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात ‘कोर्टमार्सल’बाट राम्रै रुपमा भएको थियो । यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रुपमा हेरिएको फिल्म ‘रणवीर’ को असफलताले पनि उनको यात्रालाई असहज बनाएको छ।


प्रतिक्रिया दिनुहोस्