सोल्टीमा एकसाथ देखिए ज्ञानेन्द्र-पारस र हिमानी, कलाकारहरुपनि सहभागी (फोटोफिचर)

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : १७


काठमाडौं। ‘हिमानी ट्रस्ट’ ले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा कला, संस्कृति, खेलकुद र साहित्य क्षेत्रमा योगदान गरेकालाई शुभकामना आदानप्रदान गर्न आयोजित चियापान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार होटल सोल्टीमा आयोजित जमघट कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाह लगायतका पूर्वराजपरिवारका सदस्य एकसाथ देखिए।

पूर्वयुवराज्ञी एवं पारस पत्नी हिमानीले हिमानी ट्रष्ट मार्फत सामाजिक सेवा गर्दै आइरहेकी छन।

सो समारोहमा परिवारकासाथ पारस पनि देखिए। पारस र उनका बुबा ज्ञानेन्द्रबीच केहिबेर कानेखुशी भएपनि हिमानी र पारसबीच भने बोलचाल भएन।

बेलाबेला विवादमा आइरहने पारस परिवारसँग विरलै देखापर्छन्। कार्यक्रममा राष्ट्रियकलाकारहरुको पनि सहभागीता थियो। सहभागीहरुले पूर्वराजपरिवारसँग सेल्फी लिइरहेका थिए।


प्रतिक्रिया दिनुहोस्