एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ५६


काठमाडौं। नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ।

च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन्। विधि–पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन्।

यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ। ‘कुनै छलफल नगरी, विधि–पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस्