ताइवानको पक्षमा औपचारिक रुपमै उभियो अमेरिका, भन्योः चीनले आक्रमण गरे रक्षा गर्छौं

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : ३२


अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा आफूले ताइवानको रक्षा गर्ने बताएका छन्।

बाइडेनको यो बयान चीन–ताइवान सम्बन्धमा अमेरिकाले लामो समययता लिएको नीति विपरित हो। बाइडेनले भनेका छन्,‘हामी ताइवानको रक्षा गर्नेछौं र त्यसको लागि प्रतिवद्ध छौं।’

अमेरिकी राष्ट्रपतिबाट आएको यस्तो अभिव्यक्तिले चीन रुष्ट हुने निश्चित छ।

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ। यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ।

चीनले ताइवानलाई आफ्नै देशको एउटा प्रान्त मान्दै आएको छ जबकी ताइवानले आफूलाई एउटा छुट्टै देश ठान्छ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन् तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ।

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ। उसले चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुँने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्