बागलुङमा नवजात शिशुको शव फेला

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ४७


बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकामा–८ नौघर टोलमा एक नवजात शिशुको शव फेला परेको छ।

लिङ्ग पहिचान नभएको नवजात शिशु मृत अवस्थामा फेला परेको हो।

प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ्गमा राखेको छ।

‘शव पहिचानमा कठिन छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इकवाल हवारीले भने, ‘अनुसन्धानमा छौँ, केही भन्ने सक्ने अवस्था छैन।’


प्रतिक्रिया दिनुहोस्