नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ४५


काठमाडौं। नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।

बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन्।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ।


प्रतिक्रिया दिनुहोस्