तालिवानले महिला खेलाडीको टाउको काटेर सामाजिक संजालमा फोटो पोस्ट गरे

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : १७


काबुल। तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ।

काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छिन्।

महजबिनलाई तालिवानले अफगानिस्तानको सत्तापलट गर्नुअघि हत्या गरेको जनाइएको छ। तालिवानले मध्यअगस्टमा काबुल कब्जा गरेका थिए। कतिपयले उनले आत्महत्या गरेको बताएका छन्। सार्वजनिक भएको एक तस्विरमा उनको घाँटीमा चोट लागेको देखिन्छ।

जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएकाकारण त्यस बारेमा अहिले खुलासा भएको प्रशिक्षकले बताएकी छिन्। उनको बिभत्स तस्विर देखेपछि आफूले घटनाबारे खुलासा गर्ने निर्णय गरेको उनका कोचले बताएका छन्।

घटनापछि भलिबल टिमका सम्पूर्ण साथी र महिला खेलाडी त्रसित बनेको विवरणमा जनाइएको छ। यस्तै, अफगानिस्तानस्थित प्याक इन्भेटिगेटिभ जर्नालिजम सेन्टरले तालिवानले टाउको काटेर हत्या गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्