लागुपदार्थ घटनासँग जोडिएकी अनन्या पाण्डे एनसीबीको कार्यालयमा

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ३३


बलिउड अभिनेत्री अनन्या पाण्डे शुक्रबार मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीको कार्यालय पुगेकी छिन्। बिहीबार एनसीबीको टोली उनको घरमै छापा मार्न पुगेको थियो।

कार्यालय आउन भनेपछि उनी आज एनसीबीको कार्यायल पुगेकी हुन्। उनी चर्चित कलाकार चंकी पाण्डेकी छोरी हुन्।

एनसीबीले हाल शाहरुखका छोरा आर्यनसहित केही व्यक्तिलाई गिरफ्तार गरेर क्रुज जहाजको ड्रग्स पार्टीबारे अनुसन्धान गरिरहेको छ। यसबीचमा आर्यन र अनन्याबीच ड्रग्स सम्बन्धी कुराकानी भेटिएपछि अनन्या पनि अनुसन्धानमा तानिएकी हुन्।


प्रतिक्रिया दिनुहोस्