मुम्बईको ६० तले भवनमा आगलागी, एक व्यक्तिको भवनबाट खसेर मृत्यु

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : २६


सेन्ट्रल मुम्बईस्थित एक ६० तले भवनमा शुक्रबार आगलागी भएको छ।

बीबीसीहिन्दीका अनुसार आगलागी भएपछि नै सो भवनबाट खसेर एक व्यक्तिको मृत्यु भइसकेको छ।

दमकल विभागका अनुसार हाल भवनमा लागेको आगलागी निभाउने कार्य जारी छ। भवनको १९ औं तलामा आगलागी भएको बताइएको छ।

करी रोडस्थित वन अविघ्न पार्क बिल्डिङमा आगलागी भएको हो।


प्रतिक्रिया दिनुहोस्