रुसको मद्दतमा हाइपरसोनिक क्षेप्यास्त्र बनाउँदै भारत

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : ०४


एक अमेरिकी रिपोर्टले दाबी गर्दै यो भनेको छ कि भारतले रुसको मद्दतमा हाइपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेको छ।

अमेरिकाको स्वतन्त्र काँग्रेसियल रिसर्च सर्भिस सीआरएसको रिपोर्टमा अमेरिका, रुस र चीनसँग सबैभन्दा अत्याधुनिक हाइपरसोनिक हतियार भएको उल्लेख गरिएको छ।

त्यहाँ भारत, अस्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानजस्ता देशले पनि हाइपरसोनिक हतियार विकसित गरिरहेको उल्लेख गरिएको छ। सीएसआरका अनुसार अस्ट्रेलियाले हाइपरसोनिक हतियारको लागि अमेरिकाको सहयोग पाउनेछ उता भारतलाई भने रुसले सहयोग गर्नेछ।

रिपोर्टअनुसार भारतले सात हाइपरसोनिक क्रुज क्षेप्यास्त्र विकसित गर्न रुससँग साझेदारी गर्नेछ। हाइपरसोनिक टेक्नोलोजी डेमन्स्ट्रेटर भेइकल कार्यक्रम अन्तर्गत भारतले स्वदेशी र दोहोरो क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र पनि बनाउनेछ।

हाइपरसोनिक हतियार त्यस्तो हतियार हो जुन ध्वनीको गतिभन्दा ६ गुणा तिव्र हुन्छ।


प्रतिक्रिया दिनुहोस्